प्रादेशिक अस्पतालको परीक्षणमा थप ६३ जनामा कोरोना पुष्टि
सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १ सय ८३ नमूना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका २९ जना, टीकापुरका चार जना, गोदावरीका ६ जना, घोडाघोडी नगरपालिकाकाका आठ जना, जानकी गाउँपालिकाका चार जना, जोशीपुर र चुरे गाँउपालिकाका एक÷एक जनामा कोरोना संक्रमण संक्रमण पुस्टि भएको छ।
यस्तै कञ्चनपुरको बेलौरीनगरपालिकाका तीन जना, पुर्नवास नगरपालिकाका पाँच जना, लालझाडी गाउँपालिकाका एक जना र बैतडीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये अस्पतालमा हाल ३८ जनाको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए।
१० वैशाख २०७८, शुक्रवार १६:२४ बजे प्रकाशित






























