धनगढी एफसीको मुख्य प्रायोजकमा किया
नेपाल सुपर लिगको फ्रेन्चाइज टिम धनगढी एफसीलाई दक्षिण कोरियाली कार उत्पादक कम्पनी कियाले मुख्य प्रायोजका रूपमा साथ दिने भएको छ ।
धनगढी एफसी र किया नेपालका अशिन लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अवधि १ वर्षको भए पनि रकम भने खुलाइएको छैन । सम्झौतापछि धनगढीले प्रयोग गर्ने जर्सीको अघिल्लो भागमा कियाको लोगो हुनेछ ।
विशाल राई मार्की खेलाडी रहेको धनगढीको मुख्य प्रशिक्षक युगल किशोर राई छन् । टिमको कप्तानी राष्ट्रिय टिमका समेत कप्तान रहेका गोलरक्षक किरण चेम्जोङले गर्नेछन् । नेपाल स्पोर्ट्स म्यानेजमेन्टले आयोजना गर्ने प्रतियोगिताका वैशाख ११ देखि जेठ १ सम्म दशरथ रंगशालामा हुनेछ ।
७ फ्रेन्चाइज टोलीको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्ने छन् । धनगढीले वैशाख १२ मा विराटनगर सिटी एफसीसँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।
१० वैशाख २०७८, शुक्रवार १४:०० बजे प्रकाशित






























