punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना प्रभावको असर : धनगढी उपमहानगरले थाल्यो बार अनुसार सेवा

Chaupati
safha napa

कोरोना भाइरस : संक्रमणलाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिकाले बार अनुसार सेवा प्रवाह गर्ने भएको छ । उप–महानगरपालिकाले भिन्न वडाका नागरिकलाई सेवा दिन छुट्टाछुट्टै बार तोकेको छ ।
धनगढी उप–महानगरपालिकाले बार अनुसारको सेवा बैशाख १२ गतेदेखि लागु हुने सुरु गर्र्ने जनाएको छ । अति आवश्यक सेवाका लागि भने बार पर्खिनु नपर्ने नगरप्रमुख नृपबहादुर वडले बताए । ‘कोरोना जोखिमका कारण उप–महानगरपालिका कार्यालयमा हुने भिडभाड घटाउन बार अनुसारको सेवा लिने ब्यबस्था मिलाईएको हो,’ नगरप्रमुख वडले भने,‘ ‘वडाहरुमा सेवा नियमित दिइने छ ।’
धनगढी उपमहानगरपालिका वडा नं १४, १८, र १९ का सेवाग्राहीका लागि आइतबार तोकिएको छ । त्यसैगरी १२, १५, १६, १७ को सोमबार, १, २, ८ को मंगलबार, ७, ९, १० र १३ को बुधवार, ५, ६, ११ को बिहीबार र ३, ४ नम्बर वडाको शुक्रवार सेवा लिने पालो निर्धारण गरिएको छ ।
धनगढी उप–महानगरपालिकाबाट बार अनुसार प्रवाह हुने सेवाका बारेमा नगरवासीलाई जानकारी दिन र सोही अनुसारको ब्यबस्था मिलाउन कर्मचारीहरुलाई निर्देशन दिईएको छ ।


१० वैशाख २०७८, शुक्रवार १३:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु