सुनको मूल्य आज घट्यो, कति छ ?
बजारमा सुनको मूल्य आज घटेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँँ घट्दै प्रतितोला ९१ हजार सात सयमा झरेको छ ।
सुन हिजो प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय २० झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ३५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
१० वैशाख २०७८, शुक्रवार १२:०६ बजे प्रकाशित






























