punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले प्रवेश गरेका माओबादी सांसद बोहरा पदमुक्त

Chaupati
safha napa

माओवादी केन्द्रबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य निर्वाचित झपटबहादुर बोहरा पदमुक्त भएका छन्। उनले माओवादी केन्द्र दल त्याग गरेकाले उनको प्रदेश सभा सदस्य पद खोसिएको हो।

बोहराले माओवादी केन्द्र दल त्याग गरेकाले संविधानको धारा १८० तथा राजनीतिक दलसम्बन्धी ऐन र प्रदेशसभा नियमावली २०७४ बमोजिम उनी प्रदेश सभा सदस्य पदमा नरहेको सभामुख अर्जुनबहादुर थापाले सोमबार प्रदेश सभा बैठकमा जानकारी गराएका छन्।

बोहरा अछाम १ को ‘ख’ बाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए। उनी पछिल्लो समय एमालेको केन्द्रीय सदस्य बनेका छन्।


६ वैशाख २०७८, सोमवार १५:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु