punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय

Chaupati
safha napa

बिहान मन्त्रिपरिषद्को बसेको बैठकले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

विद्यालयमा अनलाइनमाध्यमबाट पठनपाठन गराउन आजै आदेश जारी हुने मन्त्री प्रदीप ज्ञवालीले बताए।

पछिल्लो समय कोरोना जोखिम बढेसँगै बालबालिकामा संक्रमण फैलिन सक्ने भन्दै केही समयका लागि शहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन पठनपाठनको व्यवस्था मिलाउने तयारी गरिएको उनले बताए ।

शहरी क्षेत्रका शिक्षण संस्थामा अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरेको थियो।स्वास्थ्य मन्त्रालयले कोरोना अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्नेदेखि ७ बजेपछि होटल तथा रेष्टुरेन्टमा सहभागी नहुन अपिल पनि गरेको छ।

मन्त्रालयले बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भएपनि विद्यालय, रात्री व्यवसायहरु, सात बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नहुन अपिल गरेको हो।यसैगरी, बैठकले जारी संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफरिस गर्ने निर्णय पनि गरेको छ।


६ वैशाख २०७८, सोमवार १२:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु