कञ्चनपुरमा एक जना शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि

कञ्चनपुरमा एक जना शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको महेन्द्रनगरमा रहेको भृकुटी माविका एक जना शिक्षकमा कोरोना सङ्क्रमण सङ्क्रमण पुष्टि भएको हो ।

विद्यालयमा शिक्षकको प्रत्यक्ष सम्पर्कमा आएका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले विद्यालय बन्द गरिएको निमित्त प्रधानाध्यापक वीरेन्द्र प्रसाद भट्टले जनाएको छ । विद्यार्थीहरूमा सङ्क्रमण फैलिन सक्ने भन्दै अर्को सूचना जारी नभएसम्म विद्यालय बन्द भएको उनले जानकारी दिए ।


५ वैशाख २०७८, आइतवार १५:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु