कैलालीमा हाइस र जीप एक आपसमा ठोक्किदा ९ जना घाइते

कैलालीमा हाइस र जीप एक आपसमा ठोक्किदा ९ जना घाइते भएका छन् । आइतबार जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ तेघरी अत्तरीयाबाट डडेल्धुराका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१००१ ख २६२३ नम्बरको हाइस र विपरित दिशाबाट आइरहेको ग १ च ७९६३ नम्बरको टाटासफरी एक आपसमा ठोक्कीएका थिए ।

हाइसमा सवार डोटीको शिखर नगरपालिका ११ गोपघाट बस्ने ४८ वर्षीया राखी धामी, सोही ठाउँका १६ वर्षीय लाल बहादुर धामी, डडेल्धुराको अमरगढी नगरपालिका ११ बस्ने ६० वर्षीया धर्मा धामी र धनगढी उपमहानगरपालिका ५ तारानगरकी ४३ वर्षीय लक्ष्मीदेवि जोशी घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

यस्तै, टाटा सफारी गाडीमा सवार ललीतपुरको महालक्षमी नगरपालिका ८ की ४८ वर्षीया निर्मला थापा, २७ वर्षीय निसा थापा, २९ वर्षीय नितु थापा, ३६ वर्षीय विजय शाह र दैलेखको महावु गाउँपालिका ३ बस्ने २६ वर्षीया कृष्णा विष्ट घाइते भएका छन् ।

उनीहरु सबैको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । केही घाइते मध्ये धनगढीकी लक्ष्मी देवि जोशीलाई थप उपचारका लागि मायामेट्रो अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।


५ वैशाख २०७८, आइतवार १४:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु