माओवादीले बोलायो स्थायी कमिटी बैठक
नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो २ बजे केन्द्रीय कमिटीको बैठकका लागि डाकिएको कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा समसामयिक विषयमा छलफल हुने उनले जानकारी गराए।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै आए पनि हालसम्म लिएको छैन । प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले नयाँ सरकारको विषयमा निर्णय नगर्दा अन्योल भएको माओवादी नेताहरु बताउँछन् ।
५ वैशाख २०७८, आइतवार १३:२२ बजे प्रकाशित












