कञ्चनपुरका कोरोना संक्रमणबाट एक जनाको मृत्यु

कञ्चनपुरका कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

शनिबार जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर १० का ८१ वर्षीय पुरुषको मृत्यु भएको हो। उनिको कडा खालको स्वासप्रस्वासको समस्या देखिएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी गराए ।

शुक्रबार नै कोरोना संक्रमण देखिएको उनलाई शुक्रबारै अस्पताल भर्ना गरिएको थियो। उनलाई भेन्टिलेटरमा राखिएको थियो।


४ वैशाख २०७८, शनिवार १३:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु