भीरबाट लडेर डोटीमा १ जनाको मृत्यु, २ जना घाइते

भीरबाट लडेर डोटीमा एक जनाको मृत्य भएको छ । भने २ जना घाइते भएका छन ।

भीरबाट लडेर दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ का सुरेश कठायतको मृत्यु भएको हो। भने सोहि ठाउँका सुरेश परियार र वडा नम्बर ३ का मोहन साउद घाइते भएका हुन ।

उनीहरु तिनै जना विद्युत कार्यालय पिपल्ला पछाडीको भीरमा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले जानकारी गराए ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु मादक पदार्थ सेवन गरेर घर फर्किने क्रममा भीरबाट खसेको बुझिएको प्रहरीले जानकारी दिएको छ ।


३ वैशाख २०७८, शुक्रवार १६:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु