punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादीका चार सांसद्को पद रिक्त भएको पत्र निर्वाचन आयोगमा

Chaupati
safha napa

माओवादी केन्द्रले पार्टीबाट निर्वाचित चार प्रतिनिधि सभा सदस्यको पद रिक्त भएको औपचारिक पत्र निर्वाचन आयोगमा पठाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार माओवादी केन्द्रको पत्र गत चैत्र २७ गते शुक्रबार नै निर्वाचन आयोगमा प्राप्त भएको छ ।

एमालेमा लाग्नुभएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीलाई माओवादीले कारबाही गरेको थियो । उहाँहरुलाई माओवादीले सांसद्बाट हटाइसकेको छ । सोही व्यहोरा माओवादीले आयोगलाई जानकारी गराएको हो ।

टोपबहादुर रायमाझी अर्घाखाँचीबाट, गौरीशंकर चौधरी कैलाली–३ बाट, लेखराज भट्ट कैलाली–४ बाट र प्रभु शाह रौतहट ३ बाट निर्वाचित हुनुभएको थियो । अब ती ठाउँमा उपनिर्वाचन हुने छ ।

रिक्त रहेका पदहरुमा कहिले चुनावगर्ने भन्ने विषयमा भने छलफल नभएको प्रवक्ता श्रेष्ठले बताए ।
प्रतिनिधि सभाको कार्यकाल ६ महिनाबढी बाँकी रहँदै पद रिक्त भए पुन उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।


३ वैशाख २०७८, शुक्रवार १३:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु