punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा कोभिड–१९ जोखिम बढ्दो, विद्यालय बन्द गर्ने विषयमा छलफल नै भएन

Chaupati
safha napa

कोभिड–१९ जोखिम बढ्दै गए पनि कैलालीका सहरी क्षेत्रमा विद्यालय विद्यालय बन्द गर्ने विषयमा छलफल नै हुन सकेको छैन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित कैलालीसहित १४ जिल्लाका सहरी क्षेत्रका सबै विद्यालय आजदेखि नै बन्द गर्न आग्रह गरे पनि जिल्लामा विद्यालय बन्द गर्ने विषयमा छलफल नभएको हो ।

प्रदेशको राजधानीसमेत रहेको धनगढीमा विद्यालय बन्द गर्ने विषयमा कुनै निर्णय हुन सकेको छैन् । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले केन्द्रबाट लिखित रूपमा कुनै निर्देशन नआएको र सो विषयमा छलफल पनि नभएको जानकारी गराए । अहिले नै विद्यालय बन्द गर्ने विषयमा कुनै निर्णयमा पुगेको नभएको उनले बताए। विद्यालय बन्द गर्ने विषयमा छलफल नभएको शिक्षा महाशाखाका उपसचिव नरेन्द्रबहादुर खातीले बताए । उनले विपद् व्यवस्थापनसम्वन्धीको बैठकमा भने सो विषयमा छलफल गर्ने बताए ।

कैलालीको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कठायतले पनि विद्यालय बन्द गर्ने विषयमा कुनै निर्णय नभएको जानकारी गराइन । जिल्लामा सरकारी र निजी विद्यालय अहिले निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । भारतको सीमासंग जोडिएको जिल्ला हुँदा यहाँ कोभिड जोखिम भने बढ्दो छ । त्रिनगर नाका भएर दैनिक हजार बढी नेपाली कैलाली भित्रिरहेका छन् भने उनीहरूमध्ये झण्डै ८ प्रतिशतमा कोरोना देखिएको छ ।

पछिल्ले पाँच दिनमा दुई हजार दुई सयको एन्टिजेनमार्फत कोभिड परीक्षण गर्दा एक सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो । बिहिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कैलालीसहितका १४ जिल्लाका सहरी क्षेत्रमा विद्यालय बन्द नगरे लकडाउन गर्नुपर्ने अवस्था आउने बताएका थिए । अति प्रभावित १४ जिल्लामा कैलालीसहित काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रहेका छन् ।


३ वैशाख २०७८, शुक्रवार १२:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु