करेन्ट लगाएर माछा मार्न खोज्दा युवकको ज्यान गयो

कैलालीको टीकापुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

स्थानीय अरवरुवा खोलमा करेन्ट लगाएर माछा मार्ने क्रममा टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमाराका २८ वर्षीय पञ्चलाल चौधरीको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।


३१ चैत २०७७, मंगलवार १७:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु