बिहीवार देशभर ३३२ जनामा कोरोना संक्रमण पुष्टि
बिहीवार देशभर ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ७९ जना कोरोना मुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये निको हुनेको संख्या २ लाख ७३ हजार ६०८ रहेको छ । अहिलेसम्म संक्रमणका कारण ३ हजार ३८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
२६ चैत २०७७, बिहीवार १७:४८ बजे प्रकाशित































