punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

२८ गतेका निर्णयहरु खारेज हुनु पर्छ : नेता नेपाल

Chaupati
safha napa

नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालले गत फागुन २८ गते गरिएको निर्णय सबै खारेज गर्न माग गरेका छन्।

आज धुम्बाराहीमा अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा नेता नेपालले गत फागुन २८ को निर्णयलाई खारेज गर्नु पर्ने बताएका छन।

गत फागुनमा बसेको २८ गतेको बैठक वैधानिक नभएको उनले बताए।
नेता नेपालले चैत ४ र ५ मा राष्ट्रिय भेला राखेका छन्। तर यो भेला नगर्न ओली पक्षले आग्रह समेत गरेका छ।

गत फागुन २८ मा अध्यक्ष ओलीले माओवादीका नेताहरूलाई केन्द्रीय सदस्य मनोनित गरेका थिए भने महाधिवेशन मिति तय गरेका थिए। उक्त निर्णय विधानअनुसार नभएको नेता नेपाल पक्षले बताएको छ।


२ चैत २०७७, सोमवार १५:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु