भिरबाट खसेको ढुङ्गा लागेर दार्चुलामा एक जनाको मृत्यु
भिरबाट खसेको ढुङ्गा लागेर दार्चुलामा एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–८ थक्तोली बस्ने ४५ बर्षिय वीर राम टमाटाको ढुङ्गा लागेर घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी भास्कर चन्दका अनुसार सोमबार दार्चुला–गोकुलेश्वर सडक खण्ड किनारमा गिट्टिको लागि ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेका ढुङ्गा लागेर टमटाको मृत्यु भएको छ ।
२ चैत २०७७, सोमवार १५:४४ बजे प्रकाशित































