punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बोक्सी आरोपमा वृद्धामाथि निर्घात कुटपिट, बेहोस भएपछि छोडियो

Chaupati
safha napa

मोरङमा बोक्सी आरोपमा ६० वर्षीया वृद्धालाई एक समूहले निर्घात कुटपिट गरेको छ । जिल्लाको रतुवामाई नगरपालिका-२ अडोरियामा शुक्रबार राति १० बजेतिर होहल्ला गर्दै घरमा आएका व्यक्तिहरुले वृद्धालाई बेहोस हुनेगरि कुटपिट गरेका हुन् ।

वृद्धालाई घर नजिकै गोठमा पुर्‍याएर थाममा डोरीले बाँध्दै बोक्सी भनेर आक्रमण गरेर बेहोस बनाएको उनका श्रीमानले बताए ।

उनका अनुसार एक घण्टाजति कुटपिटपछि शरीरका विभिन्न अंगबाट रगत बग्न थाल्यो। ‘कुटाइ सहन नसकेर मेरी श्रीमती बेहोस बनिन्’, ती वृद्धले भने, ‘बोल्न नसक्ने अवस्थामा देखेपछि होहल्ला गर्दै अरू गाउँलेलाई बोलाएर घटनाबारे प्रहरीलाई जानकारी दिएँ।’

एकै परिवारका पाँच जना मिलेर बोक्सी आरोप लगाउँदै वृद्धामाथि आक्रमण गरेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। डीएसपी राईका अनुसार वृद्धाको उपचार विराटनगरस्थित कोसी अस्पतालमा भइरहेको छ। चिकित्सकले अवस्था खतरामुक्त रहेको बताए पनि वृद्धा थलिएकी उनले बताए।

छिमेकी ६५ वर्षीय भीमलालसिंह गनगाईं, ६० वर्षीय जितनलालसिंह गनगाईं, ५० वर्षीय लखनलालसिंह गनगाईं, २७ वर्षीय लक्ष्मीप्रसादसिंह गनगाईं र १९ वर्षीया हैरानी गनगाईं मिलेर आक्रमण गरेको प्रहरीले जनाएको छ।

यीमध्ये भीमलाल, जितनलाल र लखनलाल दाजुभाइ हुन्। लक्ष्मीप्रसाद उनीहरूका भतिज हुन्। हैरानी भीमलालकी छोरी हुन्।

घटनाअनुसार हैरानीकी दिदी पुनमदेवी गनगाईंसँग वृद्धाको झगडा परेको थियो। त्यही रिसइबीका कारण बोक्सी आरोप लगाउँदै कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ। अचेत बनाएपछि अब मृत्यु भइसक्यो भन्दै श्रीमतीलाई छाडिएको पीडितका श्रीमानको भनाइ छ।

उनका अनुसार बोक्सी रहेको र टुनामुना लगाएका कारण परिवारका सदस्यलाई बिसन्चो हुने गरेको भन्दै श्रीमतीमाथि गनगाईं परिवारका सदस्यले निहुँ खोज्ने गरेका थिए।

उनले आरोपितविरुद्ध किटानी जाहेरी दिएका छन्। प्रहरीले लखनलाल र हैरानीलाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध बोक्सी आरोपको कसूरमा मुद्दा चलाउन अदालतबाट आइतबार म्याद थप गरी घटनाको बाँकी अनुसन्धान अघि बढाइएको डीएसपी राईले बताए।

वडाध्यक्ष किरणसिंह गनगाईंले बोक्सी आरोपमा कुटपिट नभएको दाबी गरेका छन् । उनले दुई परिवारबीच जग्गाको सिमानाका विषयमा विवाद बहेको बताए ।


२ चैत २०७७, सोमवार ०९:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु