punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सत्ता समीकरणमा जसपाको शर्तः रेशम चौधरीको रिहाई

Chaupati
safha napa

टीकापुर हत्याकाण्डको आरोपमा जेल जीवन विताइरहेका रेशम चौधरीको रिहाई गर्नुपर्ने माग गर्दै उनी आबद्ध दलले विभिन्न पटक सरकारसंग माग अघि सार्दै आएको छ ।

कुनै सहमति गर्दा होस् वा सत्ता साझेदारका क्रममा सरकारसंग पटक–पटक चौधरीको रिहाईको माग पुग्दै आएको छ । तर सरकारले उक्त माग अहिलेसम्म पूरा गर्न सकेको छैन । सरकारको नेतृत्व गर्ने दलले रेशमलाई रिहाई गर्ने आश्वासन दिएर उनी आबद्ध दलबाट पटक–पटक फाइदा भने लिइरहेकै छन् ।

अहिले पनि फेरि सरकारमा रहेका र प्रतिपक्षमा रहेका दलले रेशम चौधरी आवद्ध दल जनता समाजबादी पार्टी (जसपा)लाई प्रयोग गर्न खोजिरहेको छन् । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले र प्रतिपक्षमा रहेको माओबादी केन्द्रले जसपालाई सत्ता समीकरणका लागि मनाइरहेका छन् ।

यही मौकामा जसपाले पनि जसले आफ्ना मागहरु पूरा गर्छ उसैलाई सहयोग गर्ने बताइरहेको छ । यसको अर्थ जसपाले अहिले पनि रेशम चौधरीलगायत टीकापुर हत्या काण्डको मुद्दा लागेकाहरूको रिहाई, संविधान संशोधनलगायतका माग पूरा गर्नुपर्ने मागहरु अघि सारेको छ ।

यसैक्रममा जसपा पनि प्रधानमन्त्री केपी शर्मा ओली र माओबादी केन्द्रसंग छलफलमा सामेल भइरहेको छ । यद्यपि कसले माग पूरा गर्छ र कसलाई सहयोग गर्न सकिन्छ भने धारणा जसपाले सार्वजनिक गरिसकेको छैन । विहीबार पनि सरकार र जनता समाजवादी पार्टीबीच रेशम चौधरीको रिहाइबारे छलफल भएको बताएको छ ।

जसपा नेताहरु चौधरीको रिहाइलगायतको विषयमा छलफल गर्न बालुवाटारमै पुगेका थिए । जसपाले भनेअनुसार माग पूरा भएमा सत्ता समीकरण बन्ने र रेशम चौधरी रिहाई हुने सम्भावना रहेको जसपाका नेताहरु बताउँछन् ।

टीकापुर घटनामा संलग्न चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले पुस २ गते जन्मकैदको फैसला सुनाएको थियो । २०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जनाको हत्या भएको थियो । सोही घटनाको योजना बनाइ नेतृत्व गरेको आरोपमा यसअघि रेशमसमेत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।

उच्च अदालतले तीमध्ये सात जनाको सजाय सदर गरेको छ भने चार जनाको सजाय घटाएको छ । जसपाले टीकापुर घटना राजनीतिक विषय भएको हुँदा चौधरीको रिहाइ हुनुपर्ने बताउँदै आएको छ ।


२८ फागुन २०७७, शुक्रवार ०९:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु