मोटरसाइकलको ठक्करवाट घाईते भएका एक जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकलले ठक्कर दिदाँ गम्भिर घाईते भएका एक जनाको मृत्यु भएको छ ।

कृष्णपुर देखि अत्तरिया तर्फ आउदै गरेको से ७ प १४०२ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ कृष्णपुर नगरपालिका वडा नम्बर ३ का ५८ वर्षीय जनकलाल चौधरीको मृत्यु भएको हो ।

शुक्रबार साँझ मोटरसाइकलवाट ठक्कर दिदाँ गम्भिर घाईते चौधरीको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालक धनगढी उप–महानगरपालिका वडा नम्बर ३ बस्ने मदन राना प्रहरी नियन्त्रणमा रहेका छन् ।


२२ फागुन २०७७, शनिवार ११:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु