लागुऔषधसहित कञ्चनपुरमा एक जना पक्राउ
लागुऔषधसहित कञ्चनपुरमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ।
बुधबार जिल्लाको बेलडाँडी गाँउपालिका वडा नम्बर १ का प्रकाशबहादुर देउवालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश २ ०३००८ प ९४३८ नम्बरको मोटरसाइकलमा चौवन्नी बजारबाट दैजीतर्फ जाँदै गरेका उनलाई बेलडाँडी गाँउपालिका २ क्याम्पमा जाँच गर्ने क्रममा १ सय ३० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषधसहित नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी गराए।
१३ फागुन २०७७, बिहीवार ०७:०२ बजे प्रकाशित






























