punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा करिव साढे २३ हजारले कोरोना विरुद्धको खोप लगाए

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा करिव साढे २३ हजार जनालाई कोरोना भाईरस विरुद्धको खोप लगाइएको छ।
प्रदेशभर हालसम्म २३ हजार ४ सय १७ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार पहिलो चरणको पहिलो लक्षित समूह र पहिलो चरणकै दोस्रो लक्षित समूह समेत गरेर १९ हजार १ सय ९५ जना पुरुष र ४ हजार २ सय ७ जना महिलाले कोरोना विरुद्धको खोप लगाएको छ।
कैलालीमा सबैभन्दा धेरै ६ हजार ७ सय १० जनाले खोप लगाएको निर्देशनालयको जनाएको छ।

कञ्चनपुरमा ३ हजार ५ सय ३८, डोटी ३ हजार १६ जना, बैतडी १ हजार ८ सय ४५ जना, बझाङमा १ हजार ७ सय ७७ जनालाई खोप लगाइएको छ।

त्यसैगरी अछाममा १ हजार ७ सय ९३, दार्चुलामा १ हजार ७ सय ४६, डडेल्धुरामा १ हजार ६ सय र बाजुरामा १ हजार ३ सय ८९ जनाले खोप लगाएका छन्।

पहिलो चरणको अभियान अन्तरगत प्रदेशभर २६ हजार ७ सय ४४ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा हालसम्म ८७ दशमलव ५५ प्रतिशतले खोप पाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।


११ फागुन २०७७, मंगलवार १३:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु