बैतडी समाजद्वारा आयोजित रक्तदान कार्यक्रममा संकलन भयो १०७ पिन्ट रगत
बैतडी समाजले शनिबार धनगढीमा ५ औँ वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । होटेल जलशा प्राङ्गणमा संचालन भएको रक्तदान कार्यक्रममा १०७ पिन्ट रगत संकलन भएको छ ।
रगत अभावलाई ध्यानमा राखेर समाजले धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । समाजका कैलाली संयोजक राज बहादुर चन्दले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी दिए ।
विभिन्न सामाजिक कार्यहरु गर्दै आइरेहेको समाजले आगामी दिनहरुमा पनि यस्ता क्रियाकलाप गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरे ।
साथै संयोजक चन्दले कार्यक्रममा रक्तदान गर्ने रक्तदाता लगायत सहयोगीहरु सबैलाई धन्यवाद दिएका छन ।
८ फागुन २०७७, शनिवार २०:०४ बजे प्रकाशित































