punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतबाट आज कोभिड–१९ विरुद्धको खोपको १० लाख डोज ‘कोभिशिल्ड’ नेपाल ल्याइँदै

Chaupati
safha napa

नेपाल सरकारले भारतबाट आज कोभिड–१९ विरुद्धको खोपको १० लाख डोज ‘कोभिशिल्ड’ नेपाल ल्याउन लागेको छ ।

आज दिउँसो साढे १ बजेको एयर इन्डिया दिल्ली ( काठमाडौं) को उडानमार्फत सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित कोभिसिल्ड खोप नेपाल ल्याउन लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक विज्ञप्ति जारी गर्दै फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरे अनुरुपको पहिलो चरणमा सो खोप आज ल्याउन लागेको जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप विमानस्थलबाट टेकु स्थित कोल्डरुममा भण्डारण गरी फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि सबैप्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने विज्ञप्ति मार्फत जानकारी दिएको छ ।


९ फागुन २०७७, आइतवार १०:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु