punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बृहत पोषण प्याकेज सम्वन्धी अभिमूखीकरण कार्यक्रम सञ्चालन

Chaupati
safha napa

धनगढी उपमहानगरपालिकामा बृहत पोषण प्याकेज सम्वन्धी अभिमूखीकरण कार्यक्रम सञ्चालन भएको छ ।

बुधवार धनगढी उप–महानगरपालिकाले आयोजना गरेको स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज सम्वन्धी अभिमूखीकरण कार्यक्रमको उद्घाटन गर्दे यस्तो धारणा राखेका हुन ।

धनगढी उप–महानगरपालिकाले स्वास्थ्यकर्मी आफै नमुना भएर काम गरेपछि त्यसको अनुसरण अरुले गर्ने प्रमुख नृपबहादुर वडले बताए ।

आफुले कामगर्ने स्वास्थ्य संस्थाको वरिपरि सफा राखेमा त्यसको प्रभाव समाजमा पर्ने नगरप्रमुख वडले जानकारी गराए।

स्वास्थ्यकर्मीहरुको ब्यावहारले मात्रै पनि आधारोग निको हुने धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरीबहादुर चन्दले जानकारी गराए।

स्वास्थ्यकर्मीहरुले उपचार र परामर्श दिँदा गरिने ब्यावहार बिरामीले जिवनभरी नबिसनिे उनले बताए ।

अभिमूखीकरण कार्यक्रमको उदेश्यका बारेमा धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमले प्रकाश पारेका थिए । अभिमूखीकरण कार्यक्रम ७ दिन सम्म संचालन हुने छ ।


५ फागुन २०७७, बुधवार १५:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु