punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भागरथीको बलात्कारपछि हत्यामा संग्लनलाई सार्वजनिक

Chaupati
safha napa

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।

बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीेले पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरिएको हो । अनुुन्धानका क्रममा घटनामा दिनेशको संलग्नता खुलेपछि उनलाई हिजो पक्राउ गरिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआईजी उत्तमराज सुुवेदीले पीडितको जाहेरी र प्रमाणका आधारमा पक्राउ गरिएको जानकारी गराए ।

घटनामा दिनेशको मात्रै संलग्नता पाइएको डीआईजी उनले जानकारी गराए । प्रहरीले त्रुटिरहित ढंगले अनुसन्धान गरेको सुवेदीको दाबी समेत गरेका छन ।

 


५ फागुन २०७७, बुधवार १५:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु