आज सुनको मूल्य बढ्यो, कतिमा मूल्य ?
आज सुनको मूल्य सामान्य रुपमा बढेको छ ।
सुनको मूल्य तोलामा रु २ सय रुपैयाँले बढेको हो ।
हिजो (सोमबार) प्रति तोला रु ९० हजार ७ सय रुपौयाँमा कारोबार भईरहेको सुनको मूल्य मंगलवार रु २ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रति तोला रु ९० हजार ९ सय र तोजावी सुनको मुल्य प्रति तोला रु ९० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यसैगरी चाँदीको मूल्य भने प्रति तोला रु १३६० रुपैयाँ निर्धारण गरिएको महासंघले जानकारी दिएको छ ।
४ फागुन २०७७, मंगलवार ११:१६ बजे प्रकाशित































