punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भाजपाले नेपालमा सरकार बनाउँछु भन्‍नु रअका प्रमुखलाई ओलीले बालुवाटारमा भेटेको परिणाम हो : नेता रावल

Chaupati
safha napa

भारतीय गुप्तचर संस्था (रअ)का प्रमुखसँग बालुवाटारमा राती भेट्नुले नेपालमा भारतको खुलेआम हस्तक्षेप बढेको नेकपा दाहाल–नेपाल समूहका नेता भीम रावलले बताए ।

मध्यरातमै बालुवाटार बोलाएर रअ प्रमुखसँग कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्दा भारतीय नेताले नेपालमा भारतीय जनता पार्टीको सरकार बनाउँछौ भनेर हस्तक्षेप गरेको उनको भनाई छ ।

नेपालमा भारतीय हस्तक्षेप बढ्नुमा प्रधानमन्त्री ओली जिम्मेवार रहेको पनि रावलले दाबी समेत
गरे ।

हालै भारतीय गृहमन्त्रीलाई उदृत गर्दै त्यहाँका एक जना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय भएको भनेर रावलले ट्‍वीटरमा लेखे यो प्रधानमन्त्री ओलीको वालुवाटारमा राती भारतीय गुप्तचर प्रमुखसँगको गोप्य मन्त्रणाको परिणाम
हो ।’

भारतीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा भाजपाको सरकार बनाउने योजना बनाइरहेको बताएको भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले भारतीय पत्रिकालाई बताएका थिए ।

केही समयअघि एक उच्च भारतीय अधिकारीले नेपालमा विवादरहित व्यक्तिलाई प्रधानमन्त्री बनाउने योजना भइरहेको समाचार पनि बाहिर आएको थियो ।


४ फागुन २०७७, मंगलवार ११:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु