सुनको मूल्य आज ह्वात्तै बढ्यो, कति पुग्यो ? हेर्नुहोस्
बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । आज सुन तोलामा एक हजार पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ९१ हजार ९ सय पुगेको छ ।
सुन हिजो प्रतितोला ९० हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ४० पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
२७ माघ २०७७, मंगलवार ११:१४ बजे प्रकाशित












