छोरीलाई गोली हानी हत्या गर्ने बुवा ४ दिन पछि पक्राउ
बैतडीमा आफ्नै छोरी माथि गोली चलाएर हत्या गर्ने बुवालाई प्रहरीले पक्राउ गरेको छ ।
गएको शुक्रवार २० वर्षीया विवाहित छोरी बेलमती महरालाई गोली हानि हत्या गर्ने जिल्लाको पुर्चौडी नगरपालिका वडा नमबर १० का धनसिह महरालाई प्रहरीले ४ दिनपछि पक्राउ गरेको हो ।
शुक्रवार साझँ छोरी माथि गोली चलाएर महरा फरार रहेका थिए ।
श्रीमतीसँग भएको विवादका क्रममा माइतीघरमा आएकी छोरीमाथि महराले गोली चलाएको बताइएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
२७ माघ २०७७, मंगलवार ११:१८ बजे प्रकाशित












