जाली नोट कारोबारमा सलग्न मेडिकल सञ्चालक सहित दुई जना पक्राउ

जाली नोटको कारोबारमा संलग्न पुनर्वासका एक मेडिकल सञ्चालक सहित दुई जना पक्राउ परेका छन् ।

शनिबार दिउँसो बेलौरी नगरपालिका–१० भुडा स्थित सिमावर्ती क्षेत्रबाट दुई हजार जाली नोट सहित दुई जनालाई बेलडाँडी प्रहरीले पक्राऊ गरेको हो ।

पक्राऊ पर्नेमा पुनर्वास नगरपालिका–६ प्रतिभानागर बजारमा रहेको जे।डी। क्लिनिकका सञ्चालक रमेश खाती र काठमाडौं महानगरपालिका–१४ बौद्ध बस्ने बिष्णु भट्ट रहेको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

प्रहरीलेउनीहरुबाट पाँच सय नेपालीका दुई थान नोट, एक हजार नेपाली रुपैँयाको एक थान नोट, नोट साईजका ३ सय ८० थान सादा कागज, केमिकल, दुईवटा स्टिलका थाल बरामद गरिएको छ ।

उपरीक्षक थापाका अनुसार उनीहरूलाई भारतीय प्रहरीसँगको समन्वयमा पक्राउ परेका हुन् । दुवै जनालाई ईलाका प्रहरी कार्यालय बेलडाँडीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको र उनीहरु विरुद्ध मुद्रा सम्बन्धी कसुर अन्तर्गत मुद्धा दर्ता गरिने प्रहरीले जनाएको छ ।


२५ माघ २०७७, आइतवार १५:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु