punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तराईकामा हुस्सु कुहिरोको अझै सम्भावना

Chaupati
safha napa

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल प्रदेश १ पहाडी भूभागहरुमा आंशिक वदली रहेको छ। आज दिउँसो पहाडी भूभागमा आंशिक वदली रही वाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राती पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।

पश्चिमी वायुको प्रभावसँगै विगत दुई दिनदेखि मुलुकभरको जनजीवन चिसो भएसँगै हिमाली क्षेत्रमा भारी हिमपात जारी रहेका बेला उच्च पहाडी क्षेत्रमासमेत शनिवार हिमपात भएको हो ।

तराइका क्षेत्रमा बाक्लो हुस्सुसहितको शितलहर र पहाडी क्षेत्रमा मौसम बदली भइ विभिन्न भागमा पानी पनि परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

साथै चिसो अझै रहिरहने तथा तराईका भूभागहरुमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 


२५ माघ २०७७, आइतवार ०८:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु