भागरथी हत्याका दोषीलाई कारबाही गरियोस् : भीम रावल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले बैतडीकी किशोर भागरथी भट्टको हत्या घटनाको भर्त्सना गरेका छन् ।
शनिबार ट्वीट गर्दै उनले घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।
नेता रावलले आफ्नो पार्टी अध्यक्षद्वयले घटनाको निन्दा गरेको र दोषीलाई कारबाहीको माग गरिसकेको स्मरणसमेत गराएका छन् । नेकपा अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबारै शोक वक्तव्य जारी गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेका थिए ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भट्ट गएको बिहीबार साँझ मृत अवस्थामा फेलापरेकी थिइन् । स्थानीय लवलेक जंगलमा विभत्स अवस्थामा शव फेला परेको हो ।
२५ माघ २०७७, आइतवार ०८:४१ बजे प्रकाशित













