punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल प्रहरी श्रीमती संघद्वारा मुक्त कमैया बस्तीमा राहत वितरण

Chaupati
safha napa

कैलालीको धनगढी उपमहानगरपालिका १३ स्थित श्री लंकाशिविरमा रहेका मुक्त कमैया बस्तीलाई राहत सामाग्री वितरण गरेको छ ।

नेपाल प्रहरी श्रीमती संघ काठमाडौंले एक कार्यक्रमको आयोजना गरी शिविरमा राहत सामाग्री वितरण गरेको हो । शिविरमा बसोबास गर्दै आएका १५० घरपरिवारलाई संघले खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको थियो ।

राहत वितरण कार्य क्रममा धनगढी उपमहानगरपालिकाका नगर उपप्रमुख शुशिला मिश्र भट्ट, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष सिर्जना थापा, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुबेदी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एबं प्रहरी उपरीक्षक अनुपम शमशेर ज।ब।रालगायतको उपस्थिति रहेको थियो ।


२४ माघ २०७७, शनिवार १५:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु