भूमि आयोग कैलालीको अध्यक्षमा देवकोटा

भूमि सम्बन्धी समस्या समाधान आयोग कैलाली अध्यक्षमा दीपक देवकोटा मनोनीत भएका छन् ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ १५ गते मुलुकभर आयोगलाई पूर्णता दिएको हो ।

बाजुरामा रामलाल कार्की , कञ्चनपुरमा कमला कु. बोहरा, डडेल्धुरामा पदमराज जोशी, अछाममा कटकबहादुर साउँद, दार्चुलामा रामदत्त जोशी, डोटीमा गणेशबहादुर बिष्ट, बझाङमा कलकबहादुर खड्का र बैतडीमा नरेशकुमार विश्वकर्मा अध्यक्षमा मनोनित भएका हुन् ।

सरकारले ९ वटै जिल्लामा विज्ञ र सदस्य समेत मनोनित गरेको छ । कैलालीमा बलिया ८ का दुजराम चौधरीलाई विज्ञमा र गौरिगंगा ४ का बलबहादुर महतालाई सदस्यमा मनोनीत गरिएको छ ।


१९ माघ २०७७, सोमवार १८:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु