punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्ड–नेपाल समूहले आज धनगढीमा शक्ति प्रदर्शन गर्दै

Chaupati
safha napa

नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहले आज शनिवार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा शक्ति प्रर्दशन गर्दैछ। शुक्रवार विराटनगरमा जनसभा गरेको यो समूहले आज दिउँसो १ बजे धनगढीमा जनसभा गर्न लागेको हो ।

शक्ति प्रर्दशनसँगै हुने जनसभामा सो समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताले सम्बोधन गर्ने छन्। धनगढीको खुलामञ्चमा जनसभा सुरु हुनु अघि धनगढीको चौराहा र क्याम्पस रोड दुवै तर्फबाट र्‍याली निकालिने नेकपाका स्थायी समिति सदस्य एवंं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले जानकारी दिए।

जनसभालाई सम्बोधन गर्न अध्यक्ष नेपाल हिजो साँझ नै धनगढी पुगिसकेका र अर्का अध्यक्ष प्रचण्ड आज धनगढी पुग्ने छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमको विरुद्ध यो समूहले निरन्तर विरोधका कार्यक्रम गर्दै आएको छ ।


१७ माघ २०७७, शनिवार ०९:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु