सुनको मूल्य घट्यो,कति छ बजारमा मूल्य ?
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १०० रूपैयाँले घटेको हो ।
आजका छापावाल सुन प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य आज तोलामा १०० रूपैयाँले नै घटेर तोलाको ९१ हजार ५०० कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँ कायम गरिएको महासंघले जानकारी दिएको छ ।
१५ माघ २०७७, बिहीवार ११:४९ बजे प्रकाशित













