punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बलात्कार आरोपमा पक्राउ परेका ’भाइरल’ विक धरौटीमा छुटे

Chaupati
safha napa

किशोरीलाई अपहरण गरि बन्धक बनाएर बलात्कार गरेको आरोपमा पक्राउ परेका भाइरल अर्जुन विक धरौटीमा छुटेका छन्।

कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार जिल्ला अदालत कैलालीमा बिहीबार भएको थुनछेक बहसपछि ५० हजार धरौटीमा रिहा गर्न आदेश भएअनुसार बिक छुटेका छन।

बिक जिल्लाको भजनी नगरपालिका वडा नम्बर ४ बाट १३ वर्षीया किशोरीलाई २०७३ जेठ ३० गते अपहरण गरी ४ वर्षसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको जाहेरीपछि बिकलाई प्रहरीले पक्राउ गरेको थियो।

बिकमाथि जबरजस्ती करणी, अपहरण र शरीर बन्धकको अभियोग लगाइएको छ।


१५ माघ २०७७, बिहीवार ११:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु