कञ्चनपुरमा बालिका मृत फेला
कञ्चनपुरमा बालिका मृत अवस्थामा फेला परेकी छन्।
जिल्लाको भीमदत्त नगरपालिका–१५ गोबरिया बस्ने १३ वर्षीया करुणा चन्द घरको कोठामा मृत फेला परेकोजिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले चन्दले जानकारी गराए ।
आफ्नै कोठामा पंखामा झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरी निरीक्षक शाहीले जानकारी गराए।
उनले मृत भेटिएकी चन्दको परीक्षणपछि आफन्तले शव बुझिसकेको बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
१३ माघ २०७७, मंगलवार १२:५३ बजे प्रकाशित













