७ वर्षदेखि फरार प्रतिवादी पक्राउ
७ वर्षदेखि फरार सवारी ज्यान मुद्धाका प्रतिवादीलाइ कञ्चनपुरमा प्रहरीले एकजनालाइ पक्राउ गरेको छ।
२०७० सालमा जिल्ला अदालतबाट १ वर्ष ११ महिना कैद सजाय तोकिएका कृष्णपुर नगरपालिका वडा नम्बर ३ देखतभुलीका कालुराम बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बिकलाइ कृष्णपुर नगरपालिका क्षेत्रबाटै उनलाइ पक्राउ गरेको जानकारी गराए।
बिकलाइ जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी गराए।
९ माघ २०७७, शुक्रवार ११:१२ बजे प्रकाशित






























