punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा आरटीआई सञ्जाल गठन, संयोजकमा जोशी

Chaupati
safha napa

सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल (आरटीआई) को कैलाली संयोजकमा पुष्पराज जोशी चयन भएका छन् । जोशीको संयाजकत्वमा २८ सदस्यीय जिल्ला समिती गठन गरिएको छ ।

समितिको सहसंयोजकमा लिलाधर न्यूरे, सदस्य सचिवमा विजय राना चयन भएका छन् । सदस्यहरुमा शंकर बोहरा, नवराज पनेरु, पाण्डव पुजारा, शेरबहादुर शाह, झलनाथ खनाल, बिरेन्द्र शाह, जमुना न्यूरे, ईन्दु केसी, तेज बोहरा, दिनेश बिष्ट, भक्तराज देवकोटा, कामदेब ओझा, हेमराज भट्ट चयन भएका छन् ।

यस्तै युवराज न्यौपाने, नवराज खनाल, नरेन्द्र चौधरी, रमित पाण्डे, जय बुढा, लोकुसिह ठकुरी, रसुता जैरु, नारायण प्रशाद जोशी, चन्द्रकला बिक, कृष्ण प्रशाद ओझा, भक्तराज देवकोटा पनि सदस्य चयन भएका छन् ।

सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपालका संयोजक उमीद बागचन्दले सरकारी कार्यालय सहित स्थानीय तहहरुका सबैखालका सूचना प्राप्त गर्न पत्रकार र आम नागरिकको हकलाई संजालले प्रत्याभूत गर्ने बताए । उनले हरेक सरकारी कार्यालय तथा संस्थाहरुमा नगरिकले सहज रुपमा पाउने अधिकारलाई सहज पार्ने काम सञ्जालले गर्ने बताए ।


६ माघ २०७७, मंगलवार १७:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु