युवतीमाथि बलात्कार गरेको आरोपमा बैतडीमा दुईजना पक्राउ

युवती माथि बलात्कार गरेको आरोपमाबैतडीमा १६ बर्षीया दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको सिगास गाउँपालिकाकी ति युवतीमाथि बलात्कार गरेको आरोपमा सिगास ५ का टेकबहादुर धामी र लक्ष्मण धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित किशोरीका आफन्तले दिएको किटानी जाहेरीका आधारमा दुवै जनालाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले बताए ।

दुवैजनालाई अदालतबाट म्याद थपेर अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

युवती माथि तीन चार महिना पहिला नै बलात्कार भएको र किशोरी गर्भवती भएपछि बलात्कारको घटना बाहिर आएको प्रहरीले जनाएको छ ।


६ माघ २०७७, मंगलवार १२:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु