punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप तीन सांसदले लिए मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता

Chaupati
safha napa

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावबाट तीन सांसदले आफ्नो हस्तारक्षर फिर्ता लिएका छन् ।

प्रदेशसभा सदस्य जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिएका हुन् । तीनै जनाले इमेलमार्फत मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए ।

यसअघि प्रदेससभा सदस्य कला घले र बसन्तीदेवी यादवले मुख्यमन्त्री राईविरुद्धको हस्ताक्षर फिर्ता लिएको घोषणा गरिसकेका छन् ।

दाहाल–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध पुस १२ गते प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । माघ ७ गते प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रदेशसभा बैठक आह्वान गरिसकेका छन् ।

 


५ माघ २०७७, सोमवार १७:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु