थप २४० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप २४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २४० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । येसंगै हालसम्म २ लाख ६१ हजार ४४ स‌ंक्रमणमुक्त भएका छन् ।

यसंगरि कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ५४ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ४ हजार ५८ रहेको छ ।


३ माघ २०७७, शनिवार १६:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु