कंगनालाई अदालतको झट्का, विपक्षमा आयो फैसला

बलिउड अभिनेत्री कंगना रनौटलाई नागरिक अदातले उनको विपक्षमा फैसला गरेको छ ।

कंगनामाथि नियम उल्लघंन गरेको आरोपमा उनको विपक्षमा फैसला आएको हो । अभिनेत्रीले मुम्बईमा बनाएको घर पछिल्लो दुई वर्षदेखि विवादमा आइरहेको छ ।

कंगनाले बीएमसीलमाथि कारबाहीको माग गरेर अदालतमा मुद्दा दायर गरेकी थिइन् । समाचार अनुसार अदालतले यसको फैसला १७ डिसेम्बरमा गरेर कगनाले नियमको उल्लघंन गरेको बताएको थियो ।

फैसला गर्ने वकिलको अनुसार कंगनाले १६ तलाको भवनमा पाँचौ तलामा तीन फ्याट बनाउदा कसंक एरिया, डक्ट एरिया र कमन प्यासेज बनाएकी थिइन् । यसको साथै खुला रहने स्थानमा पनि कोठा बनाएकी थिइन् ।

अदालतले गरेको यस्तो फैसलामाथि कसैले पनि दखल दिन आवश्यक नभएको बताएको छ । कंगनालाई यस फैसलाको विरुद्ध उच्च अदालत बम्बैमा अपिल गर्नलाई ६ हप्ताको समय दिएको थियो ।

बीएमसीले मार्च २०१८मा अभिनेत्रीले आफ्नो फ्याटमा अनाधिकृत निर्र्माण कार्य गरेको सूचना जारी गरेको थियो ।

 


१९ पुस २०७७, आइतवार १६:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु