nast

ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी प्रतिवादी ११ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–३ का बिरे विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

घटना भएको मिती २०६५ चैत २४ गतेदेख फरार रहेका विष्टलाई घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी गराए ।

उनलाई पुनराबेदन अदालत महेन्द्रनगरले २०७० माघ ६ गते ४ लाख ५० हजार जरिवाना र १ महिना १५ दिनको कैद सजाय सुनाएको हो ।

पक्राउपछि विष्टलाई कारवाहीका लागि अदालतमा पेश गरिएकोमा उनलाई अदालतले कारागार चलान गरिसकेको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले बताए ।


१९ पुस २०७७, आइतवार १६:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु