punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना

Chaupati
safha napa

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार देशमा पश्चिमी वायुको प्रभाव रहेकाले हाल देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको र तराईका केहि स्थानमा हुसु र कुहिरो लागेको छ ।

यसैगरी महाशाखाले आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली  रहने जनाएको छ ।

त्यस्तै, आज दिउँसो सुदूरपश्चिम प्रदेश तथा कर्णालीका उच्च हिमाली भूभागमा हल्का हिमपात तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका एकरदुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ । यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

यता, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू भागमा हल्का हिमपातको सम्भावना रहेको छ साथै सुदूरपश्चिम, कर्णाली  र गण्डकी  प्रदेशका एकरदुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको छ ।


१८ पुस २०७७, शनिवार ०७:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु