punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पीएम कप महिला क्रिकेट सेमिफाइनल : आज एपीएफसँग भिड्दै सुदूरपश्चिम

Chaupati
safha napa

प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज हुने सेमिफाइनलमा सुदूरपश्चिम पहिलो खेलमा समूह ‘ए’ को विजेता विभागीय टोली एपीएफको सामना गर्दैछ । सुदूरपश्चिम समूह ‘बी’ उपविजेता हो ।

दाङको लमही क्रिकेट मैदानमा पहिलो खेल ९ बजे हुनेछ । त्यस्तै दोस्रो खेलमा समूह ‘बी’ को विजेता प्रदेश १ ले समूह ‘ए’ को उपविजेता लुम्बिनीसँग प्रतिस्पर्धा गर्ने छ। दोस्रो खेल १ बजे सुरु हुनेछ। आजको खेलमा विजयी टोलीले आइतवार फाइनल खेल्नेछन्।

प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ । भने उप-विजेता टोलीले ३ लाख त्यसैगरी सेमिफाइनलबाट बाहिरिएका दुई टोलीले समान २५ हजार प्राप्त गर्नेछन्।

यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार, उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्नेछन्।


१८ पुस २०७७, शनिवार ०८:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु