punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओलीको दाबी– ‘प्रचण्ड–नेपाल समूहको निवेदन आयोगले फिर्ता गरिसक्यो’

Chaupati
safha napa

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा पार्टी आधिकारिकताका लागि प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा दिएको निवेदन फिर्ता भइसकेको दाबी गरेका छन् ।

आयोगमा दिएको निवेदन रित नपुगेको भन्दै फिर्ता भएको उनको दाबी छ । ३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवाहरूलाई शुक्रवार भर्चुअल सम्बोधन गर्ने क्रममा सहभागीले सोधेको एक प्रश्नको जवाफमा ओलीले निर्वाचन आयोगमा प्रचण्ड नेपालले पेश गरेको निवेदन रित नपुगेर फिर्ता भएको बताएका हुन् ।

तर निर्वाचन आयोगले भने प्रचण्ड–नेपाल पक्षको निवेदन फिर्ता भएको कुरा साँचो नभएको जनाएको छ । २०४८ सालदेखिनै प्रयोग गर्दै आएको सूर्य आफू नेतृत्वको पार्टीकै भएको उनले बताए ।

ओलीले सूर्य चिह्न आफूहरूको हुने र पार्टी अधिकारिकताको फैसला जनता र निर्वाचनबाट हुने बताए ।


१७ पुस २०७७, शुक्रवार १५:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु