punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर ४२६ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा देशभर ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५३ जना महिला र २७३ जना पुरुष गरेर ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ५ हजार २२५ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ६ हजार ४८ छ भने क्वारेन्टाइनमा ३६७ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा ७४८ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५३ हजार १०७ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८६४ रहेको छ ।


१७ पुस २०७७, शुक्रवार १६:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु